थप १,४९७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ६९,३०१ पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (बिहीबार) नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
आज ४५७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ ।

 
 
  
 

You may also like