तिनाउमा आएको बाढीले घर बगायो

by समतल अनलाइन

बुटवल।तिनाउमा आएको बाढीले घर बगाएको छ । बुटवल उप-महानगरपालिका वडा – १७ रानिगंजमा ४ कोठाको कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

खत्रीका  अनुसार ब्लकको गारो लगाएर बनाएको प्रेमकुमारी खाम्चाको घर बगाएको हो। घर बगाएपछि उनी नजिकको घरमा आश्रय लिएकी छिन्।उनको घर बगाउन थालेपछि स्थानीयको सहयोगमा घरको जस्तापाता निकालिएको थियो। केहीदिनदेखि परेको वर्षाका कारण तिनाउमा पानीको सतहले खतराको तह पार गरेको छ।

 
 
  
 

You may also like