रुपन्देहीमा बिहिबार ८२ जनामा कोरोना संक्रमण

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा विहिवार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  जिल्लामा कुल संक्रमितको संख्या २ हजार २ सय ८२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले  जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका  अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिका ४२ जना, सिद्धार्थनगर नगरपालिकामा ९ जना, तिलोत्तमामा १९ जना, देवदहमा २ जना, ओमसतियामा २, सैनामैनामा ५ र रोहिणीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्लामा  हालसम्म २१ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १५३१ जना निको भएर फर्किसकेका छन् भने ७०० जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्।

 
 
  
 

You may also like