थप १७ संक्रमितको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

by समतल अनलाइन

काठमाडौँ ।वितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।आज ४५७ संक्रमित निको भएका छन् भने १ हजार ४९७ जनामा संक्रमण देखिएको छ ।

यसअघि बुधाबार ७ जनाको मृत्यु भएको थियो । १ हजार १७२ नयाँ संक्रमित थपिएका थिए । १ हजार ८९३ जनाले कोरोना जितेका थिए ।

बुधबारसम्म नेपालमा संक्रमित संख्या ६७ हजार ८०४ पुगेको थियो भने मृतकको संख्या ४३६ पुगेको थियो ।

 
 
  
 

You may also like