कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूटमा प्रि—डिप्लोमा तहमा भर्ना खुल्यो

by समतल अनलाइन

बुटवल । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्वन्धन कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट नेपाल (केपिन) मा आउँदो बर्ष २०७७÷०७८ को लागि १८ महिने प्रि—डिप्लोमा तह इन्टरपेनरसीप डेभलपमेण्ट विषयमा नयाँ भर्ना खुलेको छ ।प्रि—डिप्लोमा तह इन्टरपेनरसीप डेभलपमेण्ट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट तयार पारिएको १८ महिने कोर्ष १२ महिने शैद्धान्तिक र ६ महिने ओजेटी (कार्यगत अभ्यास) सहितको प्राविधिक विषय हो ।

यस विषय अध्ययन गरिसकेपछि विपन्न समूदायको जिवनयापन तथा जिवनस्तर लाई उद्यम व्यवसाय मार्फत सुधार एवम् विकास गर्न सहजिकरण गर्ने दक्ष जनशक्ति उद्यम विकास सहजकर्ताको रुपमा कार्यगत ज्ञान सीप हासिल गर्न सकिन्छ । यस विषय अन्तर्गत उद्यमसीलता विकास, उद्यम विकासका सम्भावना, उद्यम विकासका लागी सामाजिक परिचालन, उद्यमशीलता विकास तालिम, बजारमा पँहुच, प्राविधिक सिप तथा उपयुक्त प्रविधि, वित्तमा पँहुच, क्षमता अभिवृद्धि, सञ्चार तथा सञ्जाल, अनुगमन तथा मूल्याङ्कन लगायतका विषयहरुको सैद्धान्तिक तथा व्यवहारिक अध्यापन हुन्छ ।

यस विषय अध्ययन गर्न कम्तीमा एसइइ वा एसएलसीमा कुनैपनि गे्रड प्राप्त गरेका साथै सो भन्दा माथि अध्ययन गरेका विद्यार्थीहरुले भर्नाको लागि आवेदन दिन सक्नेछन् ।
इन्स्ट्च्यिुटमा ४० वटामात्रै सिट रहेकाले सिमित सिटका लागि भर्ना लिइने इन्स्ट्च्यिुटले बताएको छ । असोज १९ गतेसम्म भर्ना हुन सकिने इन्स्ट्च्यिुटले बताएको छ

 
 
  
 

You may also like