संविधान दिवसको अवसरमा दिप प्रजलन

by समतल अनलाइन

बुटवल। क्रियासिल नेपाली युवा समाज रुपन्देहीले संविधान दिवसको अवसरमा तिलोत्तमा–१ शान्ति चोकमा दिप प्रजलन तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।]संस्थाका अध्यक्ष रोसन खनालको अध्यक्षता तथा आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा संविधान निर्माण गर्नका लागी भएका बिभिन्न आन्दोलन र जनयुद्धमा आफ्नो ज्यान गुमाएका शहिदहरु र कोभिड–१९ बाट मृत्यु भएकाहप्रती श्रद्धाञ्जली अप्रण गर्दै विश्वशान्तिको कामना गरिएको थियो ।
निस्वार्थ भावनाले मानविय सेवामा सर्मपित रहेने गरि स्थापना भएको संस्थाले संविधान दिवसकै अवसरमा शनिबार दिउसो भर्चुअल कविता बाचन प्रतियोगिता पनि सम्पन्न गरेको छ । सातवटै प्रदेशका १५ जना सहभागि भएको कार्यक्रममा रुपन्देहीका शिशिर अधिकारी प्रथम भएका छन् ।
गौरव नेपालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पुजन भुषालले गरेका थिए ।

 
 
  
 

You may also like