बुटवलमा ३१ जना सहित रुपन्देहीमा थपिए ५८ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा थप ५८ जना कोरोना संक्रमित भएका छन्। जिल्ला स्वास्थ्य रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा १९ महिला र ३९ पुरुष गरी ५८  जनामा संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमाहानगरपालिकामा ९ महिला र २२ पुरुष गरी ३१ जना संक्रमित थपिएका छन्।

त्यसैगरी  सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ११ जना, देवदह नगरपालिकामा ७ जना, सैनामैना नगरपालिकामा ३, शुद्धोधन र तिलोत्तमामा २/२ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार पुगेको ।

 

 
 
  
 

You may also like