सियारीमा सहायक प्लम्बर, हाते कडाई र बिल्डिङ्ग इलेक्नट्रसीयन तालिम सुरु

by समतल अनलाइन

सियारी। रुपन्देहीको सियारीमा  ३९० घण्टे सहायक प्लम्बर, हाते कडाई र बिल्डिङ्ग इलेक्नट्रसीयन तालिम सुरु भएको छ  । सीपमुलक तालिम लिएका व्यक्तिहरुलाई उद्यमी र रोजगारमूलक बनाउन गाउपालिका साथै वडा नं. ६ सधै अगाडी बढ्नेछ ।स्थानिय स्तरमा आएको कार्यक्रमलाई सबै मिलेर सफल बनाउने सियारी गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नं. ६ का अध्यक्ष शेर बहादुर गुरुङ्गले बताए ।
सोही कार्यक्रममा बोल्दै सियारी गाउँपालिका शिक्षा शाखाका शाखा प्रमुख सुधिर पौडेलले तालिममा राम्रो सँग सिकेर दक्ष प्राविधिक जनशक्ति तयार हुन र सिद्धार्थ मा.बि. बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण नेपालले पनि सहभागीहरुलाई असल सिपयुक्त ब्यक्ति बन्नका लागि शुभकामना दिए  । साथै प्रशिक्षकका तर्फबातट श्री सौरभ कुवँरले पाठ्यक्रम अनुसार पुर्ण रुपमा सिकाईने जानकारी दिए  । उक्त अवसरमा कोभिड १९ बाट बेरोजगार, बिदेशबाट आएर बसेका, महिला, अति विपन्न बर्ग, दलित, जनजातीहरुका लागि भन्दै कार्यक्रमको बारेमा र स्वागत कन्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट नेपाल (केपिन) का प्रमुख मिन रानाले बताएका थिए  । कार्यक्रम सन्चालन केपिनका भगवती पुनले गरेका थिए ।
उक्त कार्यक्रम तालिम युनेस्को, सियारी गाउँपालिका र कन्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट नेपाल (केपिन) को आयोजनामा सन्चालन भएको छ ।

 

 
 
  
 

You may also like