अहिले सम्मकै सबैभन्दा बढी २०२० कोरोना संक्रमित थपिए

by समतल अनलाइन

काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ थियो ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।

 
 
  
 

You may also like