काठमाडौँ । विश्वव्यापी महामारीले चुनौती दिएको वर्ष, दैनिक जनजीवन देखि विश्वभरी नेतृत्वको लागि पनि परिक्षाको रुपमा रहेको छ ।फोर्ब्सले एशियाका २५ व्यापारमा नेतृत्व गर्ने महिलाको सुची सार्वजनिक गरेको छ, जसले यस्तो कठिन अवस्थामा पनि आफ्नो कार्यक्षमता र दक्षतालाई साबित गरेका छन् ।
उक्त सुचीमा बायोटेक, फिनटेक र एडटेकका साथै रिटेल, लजिस्टिक र न्यायको क्षेत्रमा काम गर्ने महिलालाई सहभागी गराएको छ ।सुचीका हरेक महिला सफल कम्पनीका संचालक तथा ठुलो आम्दानी वा लगानीको क्षेत्रमा लागेका महिला छन् जसको सम्पत्ति मुल्य एक बिलियन अमेरिकी डलर भन्दा अधिक रहेको छ ।
यी महिलाहरुमा समान विशेषता भएको सबैको नेतृत्व र सोच हो जसले नयाँ र सामान्य अवसरलाई सदुपयोग गर्दै अगाडी बढ्न सफल भएका छन् ।भविष्यको सामना गर्दै ‘मानिस जहिले पनि चुस्त र भोको र उद्यमी रहनु पर्छ ।’ भन्छिन् रोशनी नदार मलहोत्रा, उनी जुनको मध्यमा आइटी सर्भिसको ठुलो कम्पनी एचसिएल टेक्नोलोजीको मुख्य निर्देशकको रुपमा नियुक्त भएकी छिन् ।
यस भन्दा पहिला उनका बुबा त्यस तहमा नियुक्त थिए तर पनि उनले आफ्नो मिहेनतले शुरुवात देखि संघर्ष गरिन् ।उनले ३८ वर्षको उमेरमा आन्तरिक निर्वाचनमा मत जितेर उक्त पदमा नियुक्त भएकी हुन् ।
उनले १२ एचसिएलमा कम गरेको १२ वर्ष भयो, यसभन्दा पहिला उनी दुई वर्षको लागि उप-निर्देशक पनि नियुक्त भएकी थिइन् ।कम्पनीको व्यापारमा केहि कमजोरी भएपनि उनले सकारत्मक सोचका साथ कम्पनीलाई सफलता तर्फ लगिन्, उनले डिजिटलाइजेसन प्रक्रियाबाट नयाँ शुरुवात गरिन् जसले एचसिएलको सेवा र प्रोडक्टको माग बढ्दै गयो ।
उनी भन्छिन्, ‘व्यापारमा प्रविधिको महत्व र प्रयोगले नयाँ शुरुवात गरेको छ र यसले नयाँ अवसरहरुको लागि बाटो खुलाएको छ ।’
प्रविधि उद्धमीको बढ्दो क्रम
यस वर्षको फोर्ब्सको सुचीमा प्रविधिको नयाँ उद्धमीले आफ्नो ठाउँ बनाएका छन् जसमध्ये प्रायजसो सबैले मिलियन डलर भन्दा अधिक लगानीको आकर्षण गर्न सफल भएका छन् ।
सबैको कुल मुल्य एक बिलियन रहेको छ ।
३३ वर्षीय मेलानिन पार्किंगस ‘क्यानभा’ को संस्थापक हुन्, उनले युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलियाबाट आफ्नो कलेजको पढाई पुरा गरेकी हुन् ।क्यानभा ग्राफिक डिजाइन सफ्टवेर कम्पनी हो जसको मुल्य तीन सय मिलियन डलर रहेको छ भने जुन महिनामा यसले ६० मिलियनको थप गरको छ, अहिले यसको कुल मूल्य ६० बिलियन पुगेको छ ।
एडोबको ठुलो प्रतिस्पर्धीको रुपमा रहेको क्यानभाले सन् २०१७ को मध्यबाट आफ्नो व्यापार विस्तार गरको हो ।क्यानभा अहिले सय भन्दा बढी भाषामा उपलब्ध रहेको छ । उक्त कम्पनीमा सात सय कामदार रहेका छन् भने एक सय ९० देशहरुमा हरेक महिना ३० मिलियन सक्रिय प्रयोगकर्ता रहेका छन् ।
प्रविधिमा अर्की महिला उद्धमीको नाम हो लुसी येटिंग लुइ, उनी ‘एयरवालेक्स को संस्थापक हुन् ।उनको कम्पनीको कुल मुल्य १.९ बिलियन अमेरिकी डलर रहेको छ । एयर वालेक्स ले एक सय ६० मिलियन लगानी आकर्षण गर्न सफल भएको छ ।
अप्रिल महिनामा एक सय ६० मिलियन लगानी थप भएको थियो ।एयर वालेक्सले प्रयोगकर्तालाई एक देश बाट अर्को देशमा जाँदा मुद्राको कारोबारमा सहयोग गर्दछ जुन बैंक भन्दा निकै सस्तो पनि छ ।
हङकङमा मुख्य कार्यालय रहेको उक्त कम्पनीमा चार सय ४० कर्मचारी रहेका छन् भने बंगलोर देखि टोकियो सम्म १० वटा शहरमा शाखा रहेको छ ।भारतकी ३४ वर्षीय दिव्या गोकुलनाथ र उनका श्रीमान, बाइजु रभिन्दरणले स्थापना गरेको शिक्षा प्रविधि (एडटेक) ‘बाइजु’ एक देखि १२ सम्मका विद्यार्थीलाई अनलाइन शिक्षा प्रदान गर्दछ ।कोरोना लकडाउनको कारण भारतका बालबालिका घरमा नै रहेका छन् र गोकुलनाथले पछिल्लो चार महिनामा २० मिलियन विद्यार्थी थप गरेका छन् ।
बाइजुको कुल सम्पत्ति मूल्य १० बिलियन रहेको छ र हालै याले १.६ बिलियन लगानी थप गरेको छ ।
यस एपको ६४ मिलियन सक्रिय प्रयोगकर्ता रहेका छन् र भारतको एक हजार सात सय शहर देखि विदेशमा पनि संजाल फैलिएको छ ।
एक उदाहरण कायम गर्दै फोर्ब्सले यस वर्ष यस्तो महिलाको सुची सार्वजनिक गरेको छ जसले पुरुषप्रधान व्यापारिक क्षेत्रमा उदाहरण कायम गरेका छन् ।सन् २०१८ मा सिंगापुरकी रचेल इंग, र ५२ अन्यले पीडब्ल्युसी (प्रोफेसनल कानुनी सर्भिस फर्म) मा शुरुवात गरेकी थिइन् ।
एक वर्षमा नै उनी कानुनी रुपमा विश्वव्यापी प्रमुखको समूहमा नियुक्त भइन् । नौं जना सदस्य रहेको उक्त समूहमा उनी केवल एक महिला हुन् । उक्त फर्ममा सय वटा देशमा तीन हजार छ सय वकिलको नेटवर्क रहेको छ ।
इंग अहिले सिंगापुरमा रहेको पीडब्ल्युसी फर्मको प्रमुख छिन् जहाँ उनको नाम पनि राखिएको छ, ‘इंग एण्ड को’सिंगापुरकी अर्की सफल महिला हुन्, ५५ वर्षीय लिली कंग । उनी सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीकी पाँचौ प्रमुख हुन् । उनी सिंगापुरको सबैभन्दा ठुलो विश्वविद्यालयको प्रमुख बन्ने पहिलो महिला हुन् ।
दक्षिण कोरियाकी ४४ वर्षीय जांग इन-आ विश्वमा गेमिंग कम्पनी चलाउने केहि महिला मध्य पर्दछिन् ।
उनले सन् २००७ मा स्माइलगेट इन्टरटेनमेन्ट मा काम गर्न शुरुवात गरेकी थिइन्, त्यस समय कम्पनीमा केवल २० जना कर्मचारी रहेका थिए ।
सन् २०१५ मा उनी उक्त कम्पनीको सीइओ बनिन् अहिले उनले कम्पनीलाई दक्षिण कोरियाको सबै भन्दा ठुलो गेमिंग कम्पनीको रुपमा स्थापित गरिसकेकी छिन् र अहिले छ सय गेम डेभलपर्सहरु रहेका छन् ।
पछिल्लो वर्ष कम्पनीमा चार सय ५१ मिलियन आम्दानी भएको थियो ।
जापानको ४१ वर्षीय माकी अकाइदा युनिक्लो जापानको पहिलो सीइओ हुन् । यस फेशन ब्राण्डको विश्वभरी थुप्रै शाखा रहेका छन् । उनलाई फास्ट रिटेलिंगको सीइओ तादाशी यनाइको उत्तराधिकारीको रुपमा लिइएको छ । फस्ट रिटेलिंगमा ४० प्रतिशत महिला म्यानेजर रहेका छन् ।
कम्पनीको वृस्तृत जानकारीमा अकाइदाले लेखेकी छिन्, ‘म महिलाहरुलाई के भन्न चाहन्छु भने, तिमीले आफ्नो कार्यक्षमताको बारेमा सोचेको भन्दा अधिक दक्षता रहेको हुन्छ र त्यसको बारेमा समयमा नै थाहा पाउनुपर्छ ।’
यस वर्ष सफल महिलाहरुको सुचिमा सबै नयाँ अनुहार थप भएका छन् र एशियाली क्षेत्रमा व्यापारको नेटवर्क बढाउदै लागेका छन् । व्यापरमा महिला नेतृत्वले नयाँ वातावरण बनाउन सफल रहेको छ ।