रुपन्देहीमा बिहीवार थपिए ५ जना कोरोना संक्रमित , संक्रमितको संख्या १ हजार ८ सय ६६ पुग्यो

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा बिहीबार थप ५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार थपिएका संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या एक हजार आठ सय ६६ पुगेको छ भने ३० जना संक्रमणमुक्त भएका छन्।

जिल्ला स्वस्थ कार्यलय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका १ महिला १ पुरुष गरी २ जना, लुम्बिनी सांस्कृतिक नागरपालिकामा २ जना पुरुष र तिलोत्तमा नगरपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
जिल्लाका संक्रमित मध्ये १ जना महिला र ४ जना पुरुष हुन्। रुपन्देही जिल्लामा कुल संक्रमितको संख्या १ हजार ८ सय ६६ पुगेको पुगेको छ ।

रुपन्देहीमा  हालसम्म २० जनाको मृत्यु भएको छ।

 
 
  
 

You may also like