अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

by समतल अनलाइन

काठमाडौं।अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बिहीबार थप १ हजार १५१ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १ हजार ३४८ पुगेको हो ।

यस्तै बिहीबार थप ४० हजार १५४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६८ लाख २८ हजार ३०१ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४१ लाख १९ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍७ हजार ७९५ जनामध्ये १४ हजार १५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 
 
  
 

You may also like