दैनिक साइकल चलाउदा के के फाइदा हुन्छ ?

by समतल अनलाइन

हामी हाम्रो शारिरीक स्वस्थताका लागि अनेकन चिजहरुको प्रयोग गर्ने गछौ । तर, हामीलाई हामीले दैनिक जसो प्रंयोग गरिरहेको सामाग्रीहरुले पनि हामीलाई शारिरीक कसरत गराउछन् ।

जस्तै दैनिक आफ्नो करेसा बारीमा गरिने काम, भारी बोक्दा पनि हाम्रो शरिरको एक किसीमको भार कम हुने गर्छ तर, आज हामी यहाँ तपाईलाई साइकल चलाउनुले हाम्रो शरिरमा के कस्ता फाइदा गर्छ भन्ने बारे जानकार दिदैछौं ।

साइकल चलाउदा तपाईलाई व्यायाम गरे जस्तै फाइदा पुर्याउछ । यदि तपाई चाहानुहुन्छ भने बिहान सामान्य कामका लागि पनि साइकल प्रयोग गर्न सक्नुहुन्छ । हरेक दिन केही समय साइकल चलाएर पनि आफ्नो शरिर फीट राख्न सक्नुहुन्छ । यो बाहेक पनि साइकलका अरु पनि कैयौं फाइदा छन् ।

एक अनुसन्धानका अनुसार साइकल चलाउनु क्यान्सर जस्तो गम्भीर रोगबाट मुक्ती पाउन सहयोग हुनसक्छ । ब्रिटिश जनरलमा प्रकाशित एक रिपोर्टका अनुसार नियमीत रुपमा साइकल चलाउनाले मुटुका रोगीको ज्यान जानबाट पनि बचाउन सकिन्छ ।

सो रिपोर्ट अनुसार साइकलको नियमित प्रयोगले क्यान्सर २५ प्रतिशत र मुटुको समस्या भएकाहरुका लागि ४६ प्रतिशत कम हुन्छ । त्यहि पैदल हिड्दा मुटुका बिरामीहरुलाई २७ प्रतिशत सम्म रोग निको हुन्छ । साथै यी बिरामीहरुको ज्यान जाने खतरा ३६ प्रतिशतले घट्दछ । पैदल हिडेरमात्र क्यान्सरको उपचार हुन्छ वा हिड्द क्यान्सर हुदैन भन्ने भने होइन। अनुसन्धानले २ लाख ६४ हजार ३ सय ७७ जनालाई अध्ययनमा सामेल गराएको थियो भने उनीहरुको आयु मात्र औषत आयु ५३ बर्ष थियो ।

यदि तपाई हरेक बिहान केही समयका लागि भए पनि साइकल चलाउनु हुन्छ भने तपाईहरुमा देखीन सक्ने मुटुको समस्या केही हिद सम्म कम हुने गर्दछ । यसले मुटुको धड्कन ठिक पार्छ र रक्तरञ्चार सहि तरिकाले हुने गर्छ ।

त्यस्तै साइकल चलाउनाले खुट्टाको राम्रो कसरत हुने गर्छ र खुट्टामा भएका मांशपेसिहरु बलिया हुने गर्छन् ।

नियमीत साइकल चलाउनाले तपाई आफ्नो शारिरीक तौल कम गर्न सक्नुहुन्छ । यसले तपाईको शरिरमा रहेको बोसोलाई घटाउने मदत गर्छ। हरेक दिन साइकल चलाइर तपाई स्वच्छ र तन्दुरुस्त राख्न सक्नुहुन्छ ।

दैनिक जसो साइकलको प्रयोगले तपाई रोग प्रतिरोधात्मक क्षमतामा बृद्धी गर्छ । जसले रोगसँग लठ्ने क्षमता बढ्छ ।

नियमीत रुपमा साइकल चलाउन दैनिक साइकल चलाउने व्यक्तिहरुमा डिप्रेशनको समस्या पनि कम हुने पनि अनुसन्धानले देखाएको छ ।

 
 
  
 

You may also like