रुपन्देहीका ५८ जना थपिए कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा थप ५८ जना कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या १८ सय २१ पुगेको छ। रुपन्देहीका ५ स्थानीय तहका २६ महिला र ३२ पुरुष गरी ५८ जनामा संक्रमण पुष्टि भएको छ।

बुटवल उपमहानगरपालिकामा १६ महिला १४ पुरुष गरी ३० जना, सिद्धार्थनगरका ८ जना, कञ्चनमा ६, रोहिणीमा ११ र देवदहमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

 

 
 
  
 

You may also like