नेकपा सैनामैना – ७ को पार्टी सम्पर्क कार्यालय उद्घाटन

by समतल अनलाइन

सैनामैना । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सैनामैना वडा नम्बर ७ को पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । मंगलबार सैनामैना ७ देवापारमा एक कार्यक्रमका बिच नेकपा प्रदेश कमिटी सदस्य भुमिश्वेर ढकालले सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।

शाखा कमिटीको उद्घाटन गर्दै ढकालले वडादेखी टोलसम्मका पार्टीका गतीबिधीलाइ अझै चलायमान बनाउन र आम कार्यकर्तामाझ समन्वय गर्न सम्पर्क कार्यालयले सहयोगी भुमिका खेल्ने बिश्वास ब्यक्त गरे ।

उनले वडा नम्बर ७ मा पार्टीका आम कार्यकर्ताको भावना बुझेर कमिटीले काम गनुपर्ने भन्दै सैनामैना ७ को बिकास निर्माणका योजनाका काम अगाडी बढाउन लागीपर्ने समेत बताए ।ढकालले अन्र्तराष्ट्रिय क्रिक्रेट रंगशाला देखी औधोगीक ग्रामसम्म योजनाहरु सन्चालन भइरहेको परिपेक्ष्यमा युवाहरुलाइ रोजगारदेखी शिक्षा र खेलकुदको क्षेत्रमा पहलकदमी लिने बताए ।

शाखा कमिटीका अध्यक्ष शोभाखर बेल्बासेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सैनामैना नगर कमिटी अध्यक्ष चेतनारायण न्यौपानेले पार्टी एकिकरणपछी पनी कार्यकर्ताहरुमा केही समस्या आएको बताउदै सबै एकबद्ध भएर पार्टीको काममा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य बिना राना, नगर सचिब कृष्णप्रसाद घिमिरे,जिल्ला सल्लाहाकार केशब बिक,क्षेत्रीय सदस्य रोमनाथ न्यौपाने , वडा इन्चार्ज ठाकुरप्रसाद पाण्डे,नगर सदस्य डिलाराम बेल्बासे,गंगाराम अर्याल, देबी कार्की ,सुमित्रा पराजुली लगायतले बोल्दै सम्पर्क कार्यालय स्थापना सगै कार्यकर्तामा अझै उत्साहा आएको बताए ।

वडा इन्चार्ज ठाकुरप्रसाद पाण्डेको स्वागत तथा वडासचिब मन्जु भुषालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like