भएका संक्रमितहरु भन्छन् : रुघाखोकी लागे हेलचेक्राई नगरौँ

by समतल अनलाइन

सैनामैना । प्रभात आवसीय माध्यमिक विद्यालयका प्राचार्य अन्नतराम शर्माले सैनामैना –१ बनकट्टा प्राकृतिक चिकित्सालयमा रहेको कोरोना अस्पतालबाट शनिबार कोरोना जित्नुभएको छ ।कोरोना जितेर घर फर्किने क्रममा शर्माले भन्नुभयो – कोरोना भाइरस पोजेटिभ देखिएर डराइ हाल्नुपर्ने अवस्था छैन् । तर, रुघाखोकी लागेर घुमफिर गर्ने क्रममा ज्वरो आएमा भाइरसले संक्रमण गर्न सक्छ । त्यसैले सबैले हेलचेक्राइ नगरौँ । आफ्नो स्वास्थ्यको सुरक्षा आफै गरौँ ।

उहाँले भिडभाँडमा नजाने, सार्वजनिक बसमा यात्रा गर्दा मास्क स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री प्रयोग गरयो भने कोभिडबाट बच्न सकिने बताउनुभयो । करिब १४ दिन अस्पतालमा बसेर फर्किएका शर्माले आयुर्वेदिक औषधी सधै प्रयोग गर्न सकेमा स्वास्थ्यका हिसाबले राम्रो हुने धारण राख्दै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शुभचिन्तक नगरपालिका सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

निको भएर फर्किएका अर्का संक्रमित सैनामैना व्यापार संघका महासचिव देवराज पौडेलले पनि १४ दिन नै अस्पतालमा बसेर आफ्नो मनोबल बढाएर नै आफुले कोरोना जितेको बताउनुभयो । उहाँले भन्नुभयो – बिहानको समयमा योग गर्ने । खाना खाने, तातो पानी पिउने ,आराम गर्ने र भजन कृतन गर्ने गर्यो । जसले गर्दा कोरोना जित्न सफल भयौँ । महासचिव पौडेलले अस्पतालमा रहुन्जेल व्यवस्थापन पक्षबाट राम्रो सहयोग मिलेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

संक्रमितहरुको विदाइ कार्यक्रममा समाजसेवी फणिन्द्र प्रसाद शर्माले रुपन्देही सैनामैनामा रहेको कोरोना अस्पतालमा भौतिक पुर्वाधार, व्यवस्थापन पक्ष राम्रो भएको प्रतिक्रिया आएको बताउनुभयो । उहाँले आगामी दिनमा नगरमा आउने समस्याहरुमा सबैको सहकार्य र सहयोगबाट नै कोरोनालाई जित्न सकिने धारण राख्नुभयो ।

निको भएर घर फर्किन लागेका ७ संक्रमितलाई पुष्पगुच्छा सहित सम्मान गर्दै नगरवासीको सहयोगबाट नै संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सकिने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।

उहाँले हाल सम्म नगरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजी संघ संस्था, राजनितिक दल लगायत, नगरवासी सबैको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो । कार्कीले कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैमा अनुरोध गर्नुभयो ।

प्राकृतिक चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराइले सबैको सुझाव सल्लाहरुलाई मनन गरेर अस्पताललाई आगामी दिनमा अझ राम्रो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पतालबाट शनिबार एकै दिन ७ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५४ पुगेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।

पन्थीका अनुसार वडा नं.२,३,४,९ संक्रमितहरु शनिबार डिस्चार्ज भएर घर फर्किएका हुन् । जसमा ६ पुरुष र १ महिला छन् । नगरमा हालसम्म संक्रमितको संख्या ८६ पुगेको छ, भने एक जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like