तानसेनमा पत्रकार परिचय पत्र वितरण शिविर चल्दै

by समतल अनलाइन

पहिलो दिन तेत्तीस प्रेस पास जारी
पाल्पा । बुधबारदेखि तानसेनमा दुई दिने पत्रकार परिचय पत्र वितरण शिविर चलेको छ । बुधबार र विहिबार गरी दुई दिनसम्म चल्ले शिविरमा बुधबार ३३ प्रेस पास जारी भएको नेपाल पत्रकार महासंघ पाल्पाले जनाएको छ ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले पत्रकार परिचय वितरण र नविकरणको लागि शिविर सञ्चालन गरेको हो । बुधबार नै शिविरमा १३ जना नयाँ प्रेस पास वितरण, १९ पत्रकार परिचय पत्र नविकरण भए । यस्तै बुधबार नै २ वटा अनलाइनले समेत नविकरण गरेको स्रोतले जनायो ।

पत्रकार महासंघ पाल्पाको आयोजनामा भएको शिविरमा पाल्पा जिल्लासहित छिमेकी जिल्ला रुपन्देही, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुले समेत सेवा लिने आयोजकले जनाएको छ । शिविर बिहीबार ९ बजेदेखि १ बजेसम्म चल्ने पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले जनाएका छन् ।

 
 
  
 

You may also like