चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण

by समतल अनलाइन

चितवन । चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार राति सार्वजनिक गरिएको विवरणअनुसार चितवनका १५ जनासहित ३१ जनामा संक्रमण पुष्टि भएको हो ।भरतपुर अस्पतालको ल्यावमा गरिएको परीक्षणमा भरतपुरका २ महिला र २ पुरूषमा संक्रमण पुष्टि भएको हो । यस्तै सुर्खेत र रौतहटका २ महिला तथा धनुषाका एक पुरूषमा पनि संक्रमण पुष्टि भएको ल्यावकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै चितवन मेडिकल कलजेको ल्यावमा भएको परीक्षणमा भरतपुरका ५ पुरूष र ४ महिला तथा रत्ननगरका २ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर गैँडाकोटका ३ महिला र ३ पुरूष, हुप्सकोट र मध्यविन्दुका एक/एक जना महिला र पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै बाँके, काठमाडौँ, रुपन्देही, तनहुँ र लमजुङका एक/एक जना गरी अरू ५ जनामा पनि संक्रमण भएको चितवन मेडिकल कलेजले जारी गरेको सूचनामा उल्लेख छ ।

 
 
  
 

You may also like