ने बि संघ गुल्मी छत्रकोट रुपन्देही सम्पर्क समितीको गठन सह सचिब मा भण्डारी

by समतल अनलाइन

गुल्मी ।ने  बि संघ गुल्मी छत्रकोट रुपन्देही सम्पर्क समितीको गठन सह सचिब मा भण्डारी भएको छ । भेलाले दौघा ५ निबासी विद्यार्थी नेता बिस्नु घिमिरेको अध्यक्षतामा ५१ सदस्य कार्यसमिती गठन गरेको छ ।जस्को बरिस्ठ उपसभापति मा पदम न्यौपाने ( खर्जाङ) , उपसभापति रोशन भण्डारी (हुगा) , कृष्ण घिमिरे( दौघा) त्यसै गरि सचिबमा निरज पान्डे ( हुगा),सहसचिब बिस्नु पन्थ (खर्जाङ) र कमला पान्डे (खर्जाङ) र राज भण्डारी (पल्लिकोट)
कोषाध्यक्षमा महेन्द्र जङ्ग कुबर ( खर्ज्याङ) रहनु भएको छ ।कार्यक्रममा प्रमुख अतिथी ने बि संघ पुर्ब केन्द्रिय सदस्य मोति भण्डारीले नेपाली कांग्रेस सम्वद्ध युवा तथा विद्यार्थी नेताहरुले पार्टी निकट भातृ तथा सुभेच्छुक संगठनहरुलाई पार्टीबाट अनावस्यक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् ।
भातृ तथा सुभेच्छुक संगठनहमाथी पार्टी नेतृत्वले अनावस्यक रुपमा हस्तक्षेप गरेकै कारण पार्टीको नर्सरीको रुपमा रहेको नेपाल विद्यार्थी संघ लगायतका भातृ तथा सुभेच्छुक संगठनहरुका महाधिवेशन नभई तदर्थवादमा चलेको भन्दै उनिहरुले पार्टीको आगामि महाधिबेशनबाट त्यसको सुनिस्चितता गराउनुपर्नेमा जोड दिए।

शनिबार बुटवलमा आयोजित नेपाल विद्यार्थी संघ गुल्मी छत्रकोट–रुपन्देही सम्पर्क समितिको भेलामा सहभागि युवा तथा विद्यार्थी नेताहरुले उत्तल कुरामा जोड दिएका हुन् । नेता भण्डारीले पार्टीको आगामि महाधिवेशनबाट पार्टीका भातृ तथा सुभेच्छुक संगठनहरुमा पार्टीको अनावस्यक हस्तक्षेप नगरी आवधिक महाधिवेशन मार्फत नेतृत्व चयन गर्ने स्वायत्तता प्रदान गर्ने एजेण्डा पारीत गराउनुपर्ने आवस्यकता औल्याए ।

पार्टी निकट भातृ तथा सुभेच्छुक संगठनहरुमा पार्टी नेतृत्वबाट अनावस्यक हस्तक्षेप भएकै कारण लामो समयदेखि नेविसंघ लगायतका संगठनहरु तदर्थवादबाट चलेको भन्दै उनले आवधिक महाधिवेशनबाट निवार्चीत भएर आउने नेतृत्वले मात्रै संगठनको मर्म र भावना अनुसार काम गर्न सक्ने बिचार व्यक्त गरे ।

त्य्स्तै कार्यक्रम मा बोल्दै ने बि संघ बुटवल बहुमुखी क्याम्पस इकाइ उपसभापति ऋषि भण्डारीले पार्टी भित्र बिचारमा बहस हुनु स्वभाविक भएको भन्दै उनले त्यसलाई बिवादको बिषय बनाउन नहुने बताए।
पार्टीले अगाडी सारेका बिचार एजेण्डा सही भए पनि त्यसको प्रचार प्रसार हुन नसक्दा गएको निर्वाचनमा पार्टीले पराजय ब्यहोर्नु परेको उनको तर्क थियो ।
उनले आफुसँग आगामि निर्वाचनमा पार्टीलाई जिताउने योजना र कार्यक्रम रहेको दाबी समेत गरेका छ्न।कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका युवा नेता कृष्ण प्रसाद सापकोट रुपन्देही का विभिन्न क्याम्पसका विद्यार्थी नेताहरु , तरुण दल रुपन्देहीका नेताहरु लगायतले पार्टीलाई गुट–उप गुटबाट मुक्त गर्नुपर्नेमा जोड दिएका थिए ।

 
 
  
 

You may also like