राेटरी लुम्बिनी स्टार्सद्वारा आयुर्बेदिक औषधि वितरण

by समतल अनलाइन

बुटवल । युवाहरूद्वारा स्थापित राेटरी क्लव अफ लुम्बिनी स्टार्स तथा पार्टनर क्लव राेट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सले सयुक्त रूपमा आयुर्बेदिक अाैषधी हस्तान्तरण गरिएकाे छ ।

क्लवका अध्यक्ष बालकृष्ण पाण्डेले अाईसाेलेसनमा रहेका बिरामीहरूकाे सिघ्र स्वास्थलाभकाे कामना गर्दै विश्वव्यापी रूपमा फैलिएको काेराेना भाईरसका कारणले कसैले पनि ज्यान गुमाउन नपराेस् भन्ने हेतुले अायुर्बेदिक अाैषधी वितरण गरिएकाे बताउनु भयाे ।

प्रमुख अतिथी बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले हरेक सामाजिक संस्थाहरूले सहयाेग गरिरहेका स्मरण गराउदै राेटरी क्लव अफ लुम्बिनी स्टार्सले गरेकाे सहयाेग फरक र अतुलनिय रहेकाे र हरेक कार्यक्रममा सधै सहकार्य समेत रहने बताउनु भयाे ।

राेटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डेले बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी तथा वडा नं. १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई अाैषधी हस्तान्तरण गर्नु भएकाे हाे । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवल १२ तामनगर स्थित काेरियन टेक्निकल कलेजकाे काराेना अाईसाेलेसन हस्पिटलमा रहेका २३ जना काेराेना पाेजेटिभ व्यक्तिहरूलाई आयुर्बेदिक अाैषधी हस्तान्तरण गर्नु भएकाे थियाे ।

कार्यक्रममा बुटवल १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदी र क्लवका संस्थापक अध्यक्ष यादव भण्डारी लगायतले शुभकामना राखेका थिए ।

हरेक दिन अाईसाेलेसनमा रहेकाहरूलाई याेग समेत गराईएकाे छ । कार्यक्रममा क्लवका सचिव बिक्रम क्षेत्री, काेषाध्यक्ष ध्रुब काेईराला तथा राेट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बिमल ढकालकाे पनि उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम क्लवका अध्यक्ष बालकृष्ण पाण्डेकाे अध्यक्षता, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी प्रमुख अाथित्यता तथा याेगगुरू बिष्णु अाचार्यकाे संचालनमा सम्पन्न भएकाे हाे ।

राेटरी क्लव अफ लुम्बिनी स्टार्स राेट्रयाक्ट क्लवका पुर्व अध्यक्षहरूकाे सहभागिता स्थापना भएकाे क्लव हाे ।

 
 
  
 

You may also like