बुटवलमा ३१ जना सहित रुपन्देहीमा थप ५० जना कोरोना संक्रमित थपिए

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा थप ५० जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार २१ महिला र २९ पुरुषमा बिहिबार संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सबैभन्दा बढी बुटवल उपमहानगरमा ३१ जनामा संक्रमण पुष्टि भएको छ भने सिद्धार्थ नगर नगरपालिका र ओमसतिया गाँउ पालिकामा ४/४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरि देवदह नगरपालिका र गैडहवा गाँउपालिकामा २।२ जना तथा तिलोत्तमा नगरपालिका र रोहीणी गाँउपालिकामा १/१ जना संक्रमति थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा बिहिबारसम्ममा ११३३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा अहिले पनि ६२६ जनाले बिभिन्न आइसोलेसनमा उपचार गराईरहेका छन् ।

 
 
  
 

You may also like