सैनामैनामा महिलाको कोरोनाको कारण मृत्यु भएपछि एकै टोलका २५ जना होम आइसोलेसनमा

by समतल अनलाइन

बुटवल । रुपन्देहीको सैनामैनामा एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि टोलका २५ जना होम आइसोलेशनमा बसेका छन् । वडाध्यक्ष सुनील मरासिनीका अनुसार मृतकको छोराको दुध डेरी रहेको र डेरीमा दुध लिन आउनेहरु र श्राद्धमा सहभागी भएका घरपरिवारहरुलाई आइसोलेशनमा राखिएको हो ।
अहिले टोल शिल गरेर घरबाहिर निस्किन रोक लगाइएको छ । उनका अनुसार मृततको श्राद्ध गराउन आएका पुरोहितलाई समेत हाम आइसोलेसनमा राखिएको छ ।
सैनामैना ११ की ७७ वर्षीया महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको थियो ।

 
 
  
 

You may also like