कोरोनाबाट त्रिवि शिक्षण अस्पतालमा दुई जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कोरोना भायरस संक्रमणका कारण ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया महिलाको मृत्यु भएको शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो ।
थपलियाका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् । सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो । डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन् । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो ।

 
 
  
 

You may also like