बुटवलमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

by समतल अनलाइन

बुटवल।बुटवलमा उपचाररत थप १ जना महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्णनगर८ नगरपालिका वडा नं ११ की ६० वर्षीया महिलाको मृत्यु भएको हो।

यही भदौ ७ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचापको समस्या रहेको र उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

 

 
 
  
 

You may also like