यामाहा महामेला सुरु

by समतल अनलाइन

बुटवल । एम.ए.डब्लु इन्टरप्राईजेजको आधिकारिक बिक्रेता बुटवल बाइकर्स प्रा.लि.ले बुटवलको भाटभटेनी सुपरमार्केटमा दशैलाई लक्षित गरी यामाहा महामेला सुरु गरेको छ ।

बुटवलमा भदौ २३ गते सोेमबारदेखि २६ गतेसम्म महामेला चल्ने छ । महामेलामा भर्खरै लन्च भएको बाईक एमटी १५ मेलाको मुख्य आर्कषकको रुपमा रहेको छ ।

जसको मुल्य ४ लाख २४ हजार ९ सय रुपियाँ रहेको छ । विशेषगरी पछिल्लो समय धेरै युवापुस्ताको रोजाईमा पर्न सफल भएको छ । त्यसैगरी यामाहाको एफजेड एसभीथ्री एबीएस बाईक पनि सबैको रोजाईमा परेको छ र यसको मुल्य ३ लाख १५ हजार ९ सय रुपियाँ रहेको छ ।

यसमा उत्कृष्ट माईलेज र पावरफुल ईन्जिनका साथै वातावरणमैत्री पनि रहेको छ । यामाहाले महामेलामा नयाँ बाईक तथा स्कुटरको खरिदमा नगद रु ७ हजारदेखि १ लाख सम्मको छुट दिएको छ । यसले प्रत्येक दिन लक्की ड्र मार्फत १ जनालाई १ लाख उपहार स्वरुप प्रदान गरिने छ । प्रत्येक हप्ता लक्की ड्र मार्फत आईफोन एसएक्स जित्न सक्ने छन् ।

प्रत्येक बाईक तथा स्कुटरको एक्सचेन्ज गर्दा ग्यारेन्टेड थप मुल्यांकन रु १५ हजारका साथै जस्तोसुकै पुरानो गाडीको मुल्य रु ३० हजार दिईने छ । बाईक किन्दा हेल्मेट, रेनकोट, बाईक कभर, यामाहा झोला र बाईकको खरिदमा लेगगार्ड र स्कुटरको खरिदमा म्याट मेला अवधिभर निःशुल्करुपमा प्रदान गरिने छ ।

भदौ २३ गतेदेखि २६ गते ४ दिनसम्म २ सय गाडी बिक्री गर्ने लक्ष्यले महामेला सन्चालन गरिएको बुटवल बाईकर्स प्रा.लि.का सेल्स म्यानेजर पारस मरासिनीले बताए ।

मेलामा जुनसुकै कम्पनीको बाईक तथा स्कुटीको फ्रि चेकअपको व्यवस्था, फाईनान्सको तुरुन्त सुविधाका साथै प्रत्येक दिन सारथी कलाकेन्द्रका कलाकारहरुद्धारा साँस्कृतिक कार्यक्रमको पनि भरपुर मनोरन्जन प्रदान गरिएको छ ।

 
 
  
 

You may also like