रोटरी क्लब अफ बुटवल चौतारीद्वारा विभिन्न क्षेत्रहरुमा सहयोग

by समतल अनलाइन

बुटवल।रोटरी क्लब अफ बुटवल चौतारीले कोरोनाको महामारीमा विभिन्न ठाउहरुमा सहयोग गरेको छ । क्लबले बुटवलको देविनगरमा रहेको नेपाल अपाङ्ग आश्रम , मंगलपुर प्रहरी कार्यालय र बुटवलमा रहेको मानव आश्रममा स्वस्थ्य सामग्री प्रदान गरेको हो ।क्लवले विभिन्न ठाउ गरि मास्क , सेनिटाइजर सोलार लाईटस्थ्य सामाग्री  र वृद्धवृद्धाको लागि आवश्यक पर्ने डाएपर प्रदान गरेको क्लबका अध्यक्ष थानेश्वर पाण्डेले जानकारी दिए।कार्यक्रममा मानव सेवा आश्रम रुपन्देही संयोजक सरु अधिकारी, नेपाल अपांग आश्रम देवीनगरका अध्यक्ष दल बहादुर गुरुङ र प्रहरी कार्यालय मंगलापुरका प्रमुख रुम बहादुर केसीलाई सामाग्रीहरु हस्तान्तरण गरेको क्लबका सचिव अर्जुन ढकालले जानकारी दिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु प्रसाद घिमिरे, सदस्य बालकृष्ण पाण्डे, विक्रम अधिकारी, सुरज क्षेत्री, पदम खनाल लगायतको सहभागिता रहेको थियो।४३ सदस्य रहेको क्लबले सामाजिक कार्यहरु गर्दै आइरहेको छ । क्लबले गत साउनमा रक्तदान गरी ६७ युनिट रगत संकलन समेत गरेको थियो ।कोरोना महामारीविरुद्ध लड्नका लागि आवश्यक पर्ने सहयोग संस्थाले सदैव गरिरहने क्लबका अध्यक्ष पाण्डेले प्रतिवद्धता व्यक्त गरे।सर्भिस प्रोजेक्ट टिमले समन्वय गरि स्वस्थ्य सामग्री उपलब्ध गराएको सर्भिस चेअर विक्रम अधिकारीले जानकारी दिए ।

 

 
 
  
 

You may also like