प्रदेश न. ५ को निर्णय : दर्ता दस्तुर छुट देखि प्राधिकरण स्थापना सम्म

by समतल अनलाइन

रुपन्देही । प्रदेश नंं.५ प्रदेश सरकारको विहिवार (आज) वसेको वैठकले विभिन्न निर्णयहरु गरेको छ । वैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृति प्रदान गर्ने सम्वन्धमा निर्णय गरेको छ ।

वैठकले ७ वटा विषयमा निर्णय गरेको हो । जस अन्र्तगत प्रदेश स्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी मस्यौदा गर्न स्विकृति प्रदान गर्ने, प्रदेश लोक सेवा आयोग, प्रदेश योजना आयोग र प्रदेश पूर्वाधार विकास प्राधिकरणको संगठन संरचना तथा अस्थायी दरबन्दी स्वीकृति प्रदान गरिने, कानुन मस्यौदा कार्यदलको म्याद ६ महिना थप गर्ने र जसअनुसार गत साउन १ गते देखि आगामी पुस मसान्त सम्म थप गर्ने भएको छ ।

साथै कार्यदलमा संयोजक मुख्यन्यायाधिवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन महाशाखा प्रमुख सदस्य र विज्ञ सदस्य खुमाकान्त पौडेल रहने, प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन निर्देशिकाको पहिलो संशोधनलाई स्विकृत प्रदान गरिएको, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृति प्रदान गरिने र आर्थिक वर्ष २०७७÷०७८ मा लघु घरेलु तथा साना उद्योगहरुको दर्ता दस्तुर पूर्ण रुपमा छुट गर्ने लगायतका निर्णयहरुको वताईएको छ ।

 

 
 
  
 

You may also like