वामदेवमाथि फेरि आइलाग्यो ‘बिजोग’

by समतल अनलाइन

काठमाडौं। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र तत्कालीन एमालेसँग एकता गराउने क्रममा वामदेव गौतमको योगदानलाई कम आँक्न हुँदैन र मिल्दैन पनि । उनी त्यो बेला समेत जनयुद्धको जन्मभूमि रोल्पा पनि पुगेकै हुन् ।

विभिन्न समय, विभिन्न ठाउँमा भएका वार्तामा सहभागी भएकै हुन् । एक्लो प्रयासमा शान्ति प्रक्रियाको अभियान नै छेडे । तर, दुई वर्षअघि एमाओवादीसँग नेकपा एमालेको एकता हुँदैछ भन्ने भेउ तिनै गौतमलाई दिइएन ।

आफूलाई विभिन्न आरोप लागेको बखत पनि गौतमले मिहिनेत गर्न छाडेनन् । माओवादीलाई नजिक ल्याउन खोजे बापत माओवादीकै पिछलग्गु बनेको आरोप लगाइयो । उनै गौतमले कहिले माओवादीलाई ठेगान लगाउन आतंककारी विधेयकको समेत नेतृत्व गरेका थिए । पछि फेरि त्यहि माओवादीसँग मिल्नुपर्छ भन्दै पार्टीभित्र चर्को लबिङ्ग गर्न पुगे ।

गौतमका ती गतिविधिमाथि प्रहार गर्ने समय ढुकेर बसेका एकथरिले माओवादीको पिछलग्गु र परस्त भनेर लामो समयसम्म खेदिरहे । तर,पार्टी एकता गर्दा तीनै एकथरि उनै गौतमलाई भाउ दिएनन् ।

२०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । आफूलाई अपमानित गरिएको भन्दै सोही वर्षको पुसमा आयोजित स्थायी कमिटी बैठकमा उनले पार्टी एकीकरण गर्नु नै गलत रहेको धारणा व्यक्त गरे । पार्टी एकीकरणको औचित्य नै नरहेको भन्दै फरक मत राख्ने ठाउँसम्म पुगे ।

अहिले फेरि गौतमकै जोडबलले राजनीतिक डिलमा पुगेको केपी शर्मा ओलीको सरकार अडिएको छ । दुईवटा पदमध्ये एउटा छाड्न लगाउने अभियान उत्कर्षमा पुगेको बखत एकाएक प्रचारमा ल्याइएको ‘छ बुँदे मिलन सूत्र’ भित्री रूपमा उनको थिएन । किनकी उक्त सूत्रमा प्रधानमन्त्री ओली पुनः दुईवटै पदमा कायम रहने विषय प्रमुख थियो ।

त्यसरी केपी ओलीलाई फेरि एक पटक अभयदान दिने नेतालाई पार्टीभित्रको थप विवाद मिलाउन भन्दै गठन गरिएको कार्यदलको बारेमा पनि अत्तोपत्तो नै दिइएन । यसरी पछिल्लो पटक कार्यदलको सम्बन्धमा समेत उनलाई अलपत्र पारियो र नराम्रोसँग ठगिए ।

गौतमको विशेषता नै अनावश्यक ढंगले हौसिने, मच्चिने र थच्चिने हो । त्यत्तिले नपुगेर आफूले विगतमा गरकोे कुरो समेत आफैले थाहा नपाउने । जनआस्था साप्ताहिकबाट

 

 
 
  
 

You may also like