लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न

by समतल अनलाइन

बुटवल । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.बुटवलको २२ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका वाड नम्बर ४ स्थिीत विश्व हिन्दु महासघको सभाहलमा भएको उक्त साधारण सभाले आ.व. २०७५/०७६ को आय व्यय, वासलात, संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखा प्रतिवेदन तथा आ.व. ०७६/०७७ को वजेट समेत पारीत गरेको छ । भने साधारण सभाको प्रस्ताव संचालक सदस्य अनुपमान सैजू पेश गर्नु भएको सम्पूर्ण प्रस्तावहरु सदस्यहरुबाट अनुमोदन गरी पारित भएको छ ।

२२ औ साधारण सभामा डा.वावुराम ज्ञवाली, चन्द्रमान श्रेष्ठ, ईरा देवी थैव र उज्जवल प्रसाद कसजू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम लुम्विनी बचत तथा तथा ऋण सहकारी संस्था लि.बुटवलका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, ज्येष्ठ सदस्य तथा समाजसेवी चित्रमान गौचन को प्रमुख आतिथ्यता, संचालक सदस्य सुजिता शेरचनको स्वागत, संचालक सदस्य डा.द्वारिका प्रसाद प्रधानको धन्यवाद र संस्थाका सहायक व्यवस्थापक हरि पाठकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like