कपिलवस्तुमा समुदायस्तरमा कोरोना देखिएपछी अत्यावश्यक सेवा बाहेक सबै बन्द

by समतल अनलाइन

कपिलवस्तु ।कपिलवस्तुमा भोलि साउन २७ गतेबाट थप कडाइ गरिने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थिति भयावह हुन नदिनको लागि थप कडाइ गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जानकारी दिएको छ । जिल्ला प्रसासनको आज बसेको वैठकले भोलिबाट थप कडाई गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

आजको वैठकले अत्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु बन्द हुने गरी निर्णय गरेको पौडेलले बताउनु भयो । एम्बुलेन्स तथा शव बाहन सेवा, औषधी, तरकारी, दूध, किराना तथा खाद्य पदार्थको किनबेच अत्यावश्यकीय सेवाभित्र पर्दछन् ।गत साउन २२ देखि ३२ गतेसम्मका लागि बैकिङ र सार्वजनिक संस्थाका सार्वजनिक कामकाज ठप्प छन् भने सार्वजनिक यातायात पनि बन्द छन् । तर बजार र निजी सवारी साधन भने खुला रहँदा संक्रमण बढेको गुनासो छ ।
त्यही गुनासोका आधारमा यस्तो निर्णय लिएको पौडेलले बताउनु भयो । अहिले नीजि सवारी संचालनमा जोर विजोर प्रणाली लागु गरिएको छ । यसले पनि संक्रमण बढाउन सक्ने भएकाले नीजि सवारी संचालनमा पनि रोक लगाइएको छ । यसका साथै सबै होटल तथ रेष्टुरेन्ट, पसलपनि बन्द गर्ने निणर्य भएको छ ।जिल्लामा अहिले तीव्र रुपमा कोरोनासंक्रमण दर फैलिएको छ । हिजो मात्र कपिलवस्तुमा समुदायस्तरका थप १७ जना कोरोना संक्रमित पुष्टी भएका छन् । योसंगै जिल्लामा संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।

आइतबार पुष्टी भएका संक्रमितमध्ये १२ जना ब्यापारी, ४ स्वास्थयकर्मी, र एक सुरक्षाकर्मी रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । पान पसलदेखि किरानापसलसम्म कोरोना सल्केपछि स्थिति झन् खराब रहेको सरोकारवाला बताउँछन् ।

 
 
  
 

You may also like