कन्चनको प्रगति माविमा तालाबन्दी

by समतल अनलाइन

बुटवल। नियम बिपरीत शिक्षक सरुवा गरिएको बिरोधमा रुपन्देहीको कञचन स्थित प्रगती नमुना माध्यमिक विद्यालयमा विद्यार्थी र अभिभावकहरुले तालाबन्दी गरिदिएका छन् ।कुनै ब्यक्तिलाई विद्यालयको प्रधानाध्यापक बनाउने गलत नियतका साथ सो विद्यालयमा शिक्षण गर्दै आएका शिक्षक खेम बहादुर घर्ति मगरलाईसरुवा गरिएको भन्दै विद्यार्थी र अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरिदिएका हुन् ।
प्रचलित शिक्षा ऐन २०२८ र शिक्षा नियामवली २०५९ अनुसार सरुवा गर्नु पुर्व सम्बन्धित ब्यक्तिलाई जानकारी दिनुपर्ने र विद्यालय ब्यवस्थापन समिमतिले निर्णय गर्नुपर्ने ब्यवस्था भए पनि सम्बन्धित शिक्षकलाई जानकारी नगराइएको र विद्यालय ब्यबस्थापन समितिको निर्णय बिना शिक्षकलाई सरुवा गरिएको विद्यार्थी र अभिभावकहरुको दाबी छ ।

कञ्चन गाउपालिकाको एकमात्र नमुना विद्यालय प्रगती नमुना माध्यमिक विद्यालयमा प्रा।वि।तहको स्थायी शिक्षकले प्रधानाध्यापकको रुपमा कार्य गर्दै आएकोमा मा।वि। तहको स्थायी शिक्षक प्रधानाध्यापक हुनुपर्ने भनि केही महिना अगाडी सो विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत जिवराज पौडेललाई कञ्चन गाउपालिकाले पदबाट राजिनामा दिन लगाई प्रधानाध्यापकको पद खाली गराइएको र सो विद्यालयलाई नमुना माध्यमिक विद्यालय बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका शिक्षक खेम बहादुर घर्ति मगरलाई गाउपालिकाले गजेडी माध्यमिक विद्यालयमा र गजेडी माध्यमिक विद्यालयका शिक्षक गणेश पौडेललाई प्रगती नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक बनाई सरुवा गर्ने निर्णय गरेको थियो ।विद्यालयका दरबन्दी मिलान गर्दा बाहेक शिक्षक सरुवा गर्ने अधिकार पालिकालाई नभए पनि गाउपालिकाले नियम बिबपरित शिक्षक सरुवा गरेको स्थानीयहरुको आरोप छ ।

 
 
  
 

You may also like