काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वभर १ करोड ९८ लाखभन्दा बढी संक्रमित भएका छन् ।सात महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोनाको महामारीले आइतबार यो समाचार तयार पार्दासम्म १ करोड ९८ लाख ४ हजार ४०८ जनामा संक्रमण पुष्टि भएको छ ।
एकै दिन २ लाख ६२ हजार ५२४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ६११ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख २८ हजार ७९५ पुगेको छ ।१ करोड २७ लाख १४ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ९४८ जनाको मृत्यु भएको छ । ३० लाख २३ हजार ३७५ जना संक्रमित भएकोमा १८ लाख १६ हजार ५४७ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३३ हजार ८९० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६० लाख ६२ हजार २६९ पुगेको छ । त्यसमध्ये ३२ लाख ३० हजार ८६३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ८ हजार ५९ जनाको मृत्यु भएको छ । ४९ लाख ५४ हजार ५५२ जना संक्रमित भएकोमा ३७ लाख ३६ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५८ हजार ३८७ जनाको मृत्यु भएको छ । ४७ लाख ८५३ जना संक्रमित भएकोमा ३१ लाख ९९ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरूमा २२ हजार ९६६ जनाको ज्यान गएको छ भने १० लाख ३९ हजार ६७८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख २३ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३२१ जनाको मृत्यु भएको छ । २२ हजार ९६० जना संक्रमित भएकोमा १३ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।