रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा खाद्य सामाग्री प्रदान

बुटवल । रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा नेेपाल अपांग आश्रम देबिनगर बुटवलमा एक कार्यक्रमका बिच खाद्य सामाग्री प्रदान गरिएको हो ।कार्यक्रममा सिग्नेचर बेकरी क्याफेका प्रोफ्राइटर सालिकराम पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पोख्रेलले अनाथ संग जनैपूणिर्मा एबम रक्षा बन्धनका दिन यसरी सहयोग गर्न पाउनु हाम्रोलागी सौभाग्य रहेको बताउनुभएको थियो । उहाँले सदाका जस्तै आउँदा दिनहरुमा पनि रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको माध्यमबाट मानव सेवामा सदैब लाग्ने बताउनुभएको थियो । कार्यक्रममा नेेपाल अपांग आश्रमका सञ्चालक डोल बहादुर रामदामको बिशिष्ट आतिथ्यता रहेको थियो ।

विशिष्ट अतिथी रामदामले पछिल्लो समयमा हाम्रो साहारा विभिन्न क्लबहरु बन्नुभएको छ हाम्लाई खाने सामाग्री नहुदा क्लबहरुले यहाँ सम्म आएर खाना खाने जुहो गरिदिनुभएकोमा आश्रमको तर्फबाट धन्यवाद ज्ञापन गर्दै रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको उत्तरउत्तर प्रगतीको कामना गर्नुभएको थियो ।
कार्यक्रममा रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका कार्यबाहक अध्यक्ष मुक्ती भण्डारीको अध्यक्षता रहेको थियो । अध्यक्ष भण्डारीले मानव सेवा गर्नुनै धर्म कमाउनु रहेको र मानव सेवाको क्षेत्रमा रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्स अझ बढी अग्रसर रहने बताउनुभएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य सरोज पाण्डेले राख्नुभएको थियो भने सचिब योगेन्द्र कंडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा क्लबका प्रोफेसनल सर्भिस डाइरेक्टर सुनिल पोख्रेलका सुपुत्र सिरयन पोख्रेलको जन्मदिनको अवसरमा आश्रममै केक काटेर जन्मदिन मनाइएको थियो ।

 
 
  
 

You may also like