रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको अध्यक्षमा बिमल ढकाल

बुटवल । रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको चार्टर सेरोमोनी सम्पन्न भएको छ । रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको अध्यक्ष बिमल ढकालको नेतृत्वमा ३५ जना नया सदस्यहरुलाइ चार्टर प्रमाणपत्र र रोट्याक्ट पिन लगाएर स्वागत गरिएको थियो ।
कार्यक्रममा जोन १२ का जेडआरआर धनन्जय बण्रवाल, रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेल, रोटरी क्लब सेन्टल बुटवलका अध्यक्ष बाबुराम भटराइ , रोटरी क्लब सेन्टल बुटवलका निर्वतमान अध्यक्ष रोजन्द्र कार्की , रोटरी बर्ष २०१९, २० जोन १६ का ए.जी. इन्द्र रिसाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सको संस्थापक अध्यक्ष यादब भण्डारीले नब निर्बाचित अध्यक्ष बालकृष्ण पाण्डेलाइ कलर लगाएर पद हस्तान्तरण गरेका थिए । कार्यक्रम रोटरी बर्ष २०२०,२१ को क्बल डाइरेक्टरीको समेत बिमोचन गरिएको थियो ।
कार्यक्रम क्लबका प्रेसीडेन्ट इलेक्ट तथा कार्यक्रम संयोजक सुमन बस्यालको स्वागत रोटरी बर्ष २०२०,२१ का सचिब बिक्रम क्षेत्रीको धन्यबाद तथा रोटरी बर्ष २०१९,२० का सचिब मुक्तीराम पन्थिको सन्चालनमा सम्पन्न भएको अध्यक्ष बिमल ढकालले जानकारी दिए ।

 
 
  
 

You may also like