सञ्चारकर्मी मात्र होइनन् अभिनव चौहान सुमधुर स्वरका गायक अनि मोडल पनि हुन !

माधव पौडेल
अर्घाखाँची। नेपाली नारी हरु को महान चाड हरितालिका तीज नजिकिने क्रममा रहेको छ । यस बीचमा नेपाली सांगीतिक क्षेत्रमा मा तीजका गीतहरु बजारमा आउने क्रम बढ्दो रहेको छ ।कतिपय गीत हरु तीजको नाममा समाजमा बिकृति, विसंगति फैलाउने र कतिपय परिवार सँग बसेर सुन्न , हेर्न पनि नसकिने खालका निस्किरहेका छन् ।भने कतिपय गीतहरुले समाजमा भएको यथार्थ घटनालाई समावेश गर्दै एउटा नारीले विवाह पश्चात भोग्नु परेका दुःख पीडालाई कथाको रूपबाट गीत मार्फत प्रस्तुत गरेको पाउँछौ ।

यसै बीचमा २०७७ साललाई लक्षित गरी मौलिक तीज कोसेली “आमाले किन्दिएको पछ्यौरी नामक गीत बजारमामा आएको छ ।यो गीतमा स्वर अर्घाखाँचीको मालारानी गाउँपालिका ८ बागीमा जन्मनु भएका अभिनव चौहान र अर्घाखाँचीको क्षत्रदेब गाउँपालिकामा जन्मिएकी निरु आचार्यको रहेको छ । यस गीतमा एउटा चेलीले माइतीघर छोडेर पराईको घर गर्दाको पीडा र एउटा पुरुषले आफ्नो जन्मिएको देश छोडेर अरूको देशमा दुःख गर्न जानु पर्दाको बाध्यतालाई गीतको माध्यम बाट प्रस्तुत गर्न खोजिएको छ ।

यस गीत सुमधुर स्वर भरेका गायक अभिनव चौहान एक पूर्व सञ्चारकर्मी पनि हुन उनी अर्घाखाँचीको सामुदायिक रेडियो देउराली ,नयाँ एफएम , सन्धिखर्क एफएममा आवद्ध भई काम गर्थे ।उनी यस ठाउँ सम्म पुग्नको लागि धेरै संघर्ष गरेका थिए । उनको संघर्ष सायद कापीको पानामा समेट्न सकिँदैन होला ।उनको तीज को गीतमा भने यो पहिलो शब्द रचना हो । उनी अन्य गीतमा अभिनय भने गर्दै अाइरहेका छन् । जसमध्ये पूर्णकला वि.सी.को चाहाना गीत त्यस्तै आधुनिक गीत प्रेम गीत लगायत गीतमा अभिनय गरिसकेका छन् ।

यस गीतमा शब्द :अभिनव चौहान,संकलन :निरु आचार्य लय/एरेन्ज/मिक्सिङ्ग : कृष्ण लामिछाने शो गितमा निर्देशक : सुमन सागर जङ्ग केसी र छायांकन : गोकुल अधिकारी को रहेको छ ।सो गीतमा अभिनय अभिनव चौहान ,सलिना ,प्रजिम को देख्न सकिन्छ । यस गीत मंगलम रेकर्डिङ्ग स्टुडियोबाट रेकर्ड भएको हो ।

 
 
  
 

You may also like