लियो क्लव अफ मिट टाउन कोटिहवाको पदस्थापन , पहिलो कार्यक्रम सम्पन्न

बुटवल। लियो क्लव अफ मिटटाउन कोटिहवाको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २०२० र २१ को अध्यक्षको लागि याेगेश पराजुलीलाई पद हस्तान्तरण गरिएको हो ।

त्यस्तै 1st VP: अफ्सर अलि,2nd VP: सनि बन्जाडे, 3rd VP: अस्मिना न्याैपाने, सचिवमा पुजन बस्याल, ट्रेजर ललिता खनाल ,मेन डाइरेक्टर अमन थापा चयन भएका छन्।पहिलो कार्यक्रम अन्तर्गत तिलोत्तमा- १५ कोटिहवामा रहेको अभिनाश अनाथ आश्रममा योगेश पराजुलीको अध्यक्षता र अमन थापा (नुमन)ले कार्यक्रम संचालन आश्रममा रहेका बालबालिकहरुलाइ श्रावण महिनाको अवसर पारेर हातमा मेहेन्दी लगाइ खुसी साट्ने कार्यक्रम सम्पन्न भएको छ । साथै आश्रम मा रहेका २१ जनालाइ बालबलिकाहरु खाना खुलाउने कार्यक्रम पनि सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै अध्यक्ष योगेश पराजुलीले अब को आफ्नो कर्यकालमा समाजमा रहेर विभिन्न बिदा का कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका छन्।कार्यक्रम अध्यक्षता दिपक भुसाल र विस्वास न्यौपानेको संचालनमा भएको थियो।

 

 
 
  
 

You may also like