ब्राजिलमा कोरोनाबाट ८६ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार ४९६ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा आइतबार बिहान यो समाचार तयार पार्दासम्म २३ लाख ९६ हजार ४३४ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ४८ हजार २३४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख १७ हजार ४८० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९२ हजार ४५८ जनाको उपचार भइरहेको छ ।

 
 
  
 

You may also like