अमेरिकामा एकै दिन ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । अमेरिकामा एकै ७७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ७७ हजार ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४२ लाख ४८ हजार २०३ पुगेको छ।

यस्तै एकै दिन १ हजार १२९ जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ४७८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २० लाख २७ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २० लाख ७२ हजार ११० जनामध्ये १९ हजार १०० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 
 
  
 

You may also like