तिलोत्तमा स्वतन्त्र क्लव द्धारा तिलोत्तमा नगरपालिकालाई सुझाव पत्र वुझायो

तिलोत्तमा । तिलोत्तमा नगरपालिका स्थित रहेको तिलोत्तमा स्वतन्त्र युवा क्लवले आज तिलोत्तमा नगरपालिकाको कार्यालयलाई एक सुझाव पत्र पेश गरेको छ ।

क्लवले नगरपालिकाको उत्तर तर्फको सिमा नाका योगीकुटी देखि दक्षिण तर्फको सिमा नाका कोटिहवा सम्म लगाईएको छतिवनको विरुवा वारेमा तिलोत्तमा नगरपालिकालाई एक सुझाव पत्र वुझएको क्लवका अध्यक्ष केवश पंगेनीले वताउनु भएको छ ।

अध्यक्ष पंगेनीका अनुसार सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल– भैरहवा सडकको डिभाईडरमा लगाईएका स्टोनिया अर्थात् छतिवनका विरुवाहरु मावन वस्ती भन्दा टाढा लगाउनु पर्ने, सो विरुवाको पातमा देखिएको किराले मावन स्वास्थ्यमा असर पु¥याउने, आँखामा असर, एलर्जी, दम र चिसोका विरामीहरुलाई प्रत्यक्ष असर पु¥याउने आफुहरुले गरेको एक अध्ययनले देखाएको वताईएको छ ।

यस्तै सो विरुवालाई मावन वस्ती भन्दा टाढा लगाएर व्यवसायिकता ल्याउन सके मलेरिया र पेट सम्वन्धि पनि औषधीको रुपमा प्रयो गर्न सकिने क्लवले वुझाएको सुझाव पत्रमा उल्लेख गरिएको छ । यस्तै पत्रमा नगरपालिकाले लगाएको छतिवन विरुवाको यथाशिघ्र व्यवस्थापन गर्न आग्रह गर्दै, अन्यथा नगरिएमा मावन स्वास्थ्य यसले ठुलो समस्या निम्याउने जनाईएको छ ।

 
 
  
 

You may also like