पैसा खर्च किन, आफैं बनाउनुस् आफ्नो मोबाइल !

by समतल अनलाइन

स्मार्टफोनको प्रयोग दिन–दिनै बढिरहेको छ । प्रयोग जति बढ्दैछ, समस्याहरु पनि उत्तिकै जन्मिँदैछन् । मोवाईल ह्याङ हुने, रिस्टार्ट भइरहने, पासवर्ड बिर्सिनेजस्ता समस्याहरुले तपाईंलाई अक्सर सताइरहेको हुन्छ । यस्ता समस्या आएमा साधारणतया युजरहरुले फोनको डाटा डिलिट गर्ने, फोन रिस्टार्ट गर्ने अझै भएन भने फ्याक्ट्री रिस्टोर गर्ने गर्दछन् ।

यति गर्दापनि समस्या समाधान नभएमा मोबाइल मर्मतका लागि सर्भिस सेन्टर धाउनुको विकल्प हुँदैन । साथै प्याटर्न लक हुने समस्याले पनि एकदमै सताउने गरेको पाइन्छ ।
तपाईंको मोबाइलमा प्याटर्न बिर्सिनुभयो र मर्मत केन्द्र जानुभयो भने त्यहाँ तपाईंको मोबाइललाई ‘हार्ड रिबुट’ गरिन्छ । हामीले यसरी हार्ड रिबुट गर्ने तरिका यहाँ उल्लेख गरेका छौं । जसबाट तपाईंको पैसा त बच्ने छ नै, सामान्य समस्यामा पनि मर्मत केन्द्र धाइरहने झन्झट हुँदैन ।
याद् गर्नुस्, हार्ड रिसेट गरेपछि तपाईंले मोबाइलमा राखेका सबै एप्सहरु डिलिट हुनेछन् । तपाईंको मोबाइलमा सिर्फ त्यत्ति एप्लिकेशन बाँकी रहने छ, जत्ति तपाईंले मोबाइल खरिद गर्दा थियो । मोबाइल कम्पनी अनुसार रिसेट गर्ने तरिका पनि फरक–फरक हुन्छ । त्यसैले हामीले केही चर्चित ब्राण्डको मोबाइलको बारेमा छुट्टा–छुट्टै टिप्स दिँदैछौं ।

सामसुङ
१) हार्ड रिसेट गर्नुभन्दा अघि मोबाइललाई अफ गर्नुहोस् ।
२) अब मोबाइल अन गर्न प्रयोग हुने पावर बटनसँगै भोल्युम अप र भोल्युम डाउन बटनलाई एकैसाथ थिच्नुहोस् ।
३) केही समयपछि रिबुट अप्सन देखिनेछ ।
४) तपाईंले रिबुट अप्सनसँगै डिलिट अल यूजर डाटा अप्सन देख्न सक्नुहुनेछ । त्यसमा क्लिक गरेपछि मोबाइलका सबै डाटा डिलिट हुनेछन् र तपाईंले खरिद् गर्दाको जस्तै फ्रेस स्मार्ट फोन पाउनु हुनेछ ।
यसको परिक्षण सामसुङ ग्यालेक्सी आई ९०००, ग्यालेक्सी वाई एस ५३६०, ग्यालेक्सी एस ४ र ग्यालेक्सी एस ५ मा गरिएको छ । यद्यपी सामसुङका प्राय मोबाइलमा यो तरिकाले काम गर्छ ।

माइक्रोम्याक्स

१) फोन अफ गर्नुहोस् ।
२) पावर बटनसँगै भोल्युम अप र भोल्युम डाउन बटन थिच्नुहोस् ।
३) स्क्रिनमा रिकभरी मोड र फ्याक्ट्री मोड देखिनेछ । यसमा रिकभरी मोड छनोट गर्नुहोस् ।
४) अब तपाईंको स्माटफोन रिबुट हुनेछ । हार्ड रिबुट गर्ने यो तरिका माइक्रोम्याक्सको सबै मोबाइलमा उपयोगी हुन्छ । तर ए २७, ए ३७, ए ६७ र ए ११६६ एचडी फोनमा परीक्षण गरिएको छ ।

कार्बन

१) सबैभन्दा पहिले मोबाइलको ब्याट्री फूलचार्ज गर्नुहोस् ।
२) मोबाइल अफ गर्नुहोस् । त्यसपछि भोल्युम र कन्ट्रोल बटन थिच्नुहोस् ।
३) कम्तिमा १०-१५ सेकेण्डपछि स्क्रिनमा रिकभरी मेन्यु देखिनेछ ।
४) भोल्यूम बटमको सहयोगले अप्सनहरुमा तलमाथि जान सकिन्छ ।
५) अब वाइप डाटा तथा फ्याक्ट्री रिसेट अप्सन पछि ‘रिबुट नाउ’ अप्सन क्लिक गर्नुहोस् । तपाईको कार्बन मोबाइल रिबुट हुनेछ ।
६) मेन्युबाट बाहिर आउनका लागि पावर बटनको प्रयोग गर्न सक्नुहुन्छ । कार्बनमा हार्ड रिबुर्ट गर्नको लागि ए १, ए २५, ए ९० र ए २ मोडलमा परीक्षण गरिएको छ ।

नोकिया आशा
१) सबैभन्दा पहिलो मोबाइल अफ गर्नुहोस् ।
२) ८, ३ र कल बटनलाई एकैसाथ थिच्नुहोस् ।
३) अब नोकियाको लोगो स्क्रिनमा देखिनेछ र फोन हार्ड रिबुट हुनेछ ।
यसका अलावा आशा सीरीजमा हार्ड रिसेटका लागि केही कोडको पनि प्रयोग गर्न सकिन्छ । जस्तै *#7370#, आशा ३११ मा १२३४५ मा कल गरेर पनि हार्ड रिबुट गर्न सकिन्छ । *#7370# कोडका अतिरिक्त *#7380# पनि प्रयोग गर्न सकिन्छ ।

नोकिया लुमिया
यदि तपाईं नोकियाको विन्डोजमा आधारित मोबाइल फोनको पासवर्ड भुल्नुभयो या मोबाइलमा ह्याङ हुने, बारम्बार रिस्टार्ट भैरहनेजस्ता समस्या देखियो भने त्यसलाई हार्ड रिसेट गरेर समस्याबाट मुक्ति पाउन सकिन्छ ।
१) पहिले आफ्नो लुमिया १०२० फोनलाई अफ गर्नुहोस् ।
२) पावर बटनसँगै भोल्युम अप र भोल्युम डाउन बटन थिच्नुहोस् ।
३) अब स्क्रिनमा रिबुट अप्सन देखिने छ । त्यसमा क्लिक गरेपछि तपाईंको नोकिया लुमिया फोन रिबुट हुनेछ ।

ख्याल गर्नुहोस्, सबै टचस्क्रिन फोनमा रिबुटको तरिका लगभग उस्तै हुन्छ । केही प्रक्रियामात्रै फरक हुनसक्छ । तपाईंले यसरी रिबुट गर्दा तथा अन्य कुनै गल्ति गरेर मोबाइलको डाटामा क्षति पुर्याउनुभयो भने हामी जिम्मेवार हुनेछैनौं । आफ्नो मोबाइलमा कस्तो समस्या हो त्यसको सामान्य जानकारी भने तपाईंलाई हुनैपर्छ ।

 
 
  
 

You may also like