सय करोडको सडक निर्माण नसक्दै भत्कियो

by समतल अनलाइन

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ । गुणस्तरहीन निर्माण समाग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो ।

जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच पाँच वर्षअघि सम्झौता भएको थियो ।

सम्झौताअनुसार अबको चार महिनाभित्र आयोजना पूरा गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ । हस्तान्तरण गर्नुपर्ने समय नजिकिँदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ । केही स्थानमा सडकमुनि राखिएको ह्युमपाइप भासिएर सडक भत्केको छ । नागरिक दैनिकमा सुरेश यादवले लेखेका छन् ।

 
 
  
 

You may also like