संचारकर्मी घर्तिमगरले अनाथ आश्रममा मनाइन जन्मदिन

बुटवल।संचारकर्मी झरना थापाले अनाथ आश्रममा आफ्नो जन्म दिन मनाएकी छिन ।तिनाउ एफएममा कार्यरत रहेकी घर्तिमगरले बुटवल नगरपालिका उजलापुरमा रहेको लुम्बिनी दृस्टी विहिन अपाङ्ग आश्रममा  जन्म दिन मनाएकी हुन् ।पछिल्लो समयमा साथिभाईलाई जमघट गराएर जन्मदिन मनाउने चलन छ उक्त चलनलाई परिमार्जित गरि समाजमा रहेका गरिव , अपाङ्ग , दृस्टी विहिन अशक्तलाई सहयोग गर्दा छुट्टै खालको आनन्द आउने उनले बताइन । आगामी दिनमा पनि अझै सामाजिक कामामा अग्रसर रही समाज र देशको लागि सधै सेवामा लाग्ने बताइन ।

जन्म दिनको अवसरमा लुम्बिनी दृस्टी विहिन अपाङ्ग आश्रममा रहेका करिव ३० जना संग केक काटेर जन्म दिन मनाउनुका साथै १०० केजी चामल , एक  कार्टुन तेल , ७ केजी दाल आदि सहयोग गरेकी  हुन् ।

 
 
  
 

You may also like