रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्स द्रारा वृक्षारोपण सम्पन्न

बुटवल । रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा निलकण्ठ बाबा धाममा फलफुलका बिरुवा रोपण गरिएको छ ।
वृक्षरोपण कार्यक्रम बुटवलको दिपनगर स्थित निलकण्ठ बाबा घाममा गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी चुडामणि पौडेल , बिशिस्ट अतिथी रोटरियन यादब भण्डारी रहनु भएको थियो । रोट्र्याक्टर रचना पौडेलको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डे र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बिमल ढकालको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा बक्ताहरु यादब प्रसाद भण्डारी , बिमल ढकाल , चुडामणि पौडेल , बालकृष्ण पाण्डे लगायतले कार्यक्रम माथी प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन बिक्रम क्षेत्रीले गर्नुभएको थियो ।

 
 
  
 

You may also like