विश्वकप छनौंटमा नेपालको लज्जास्पद हार, कुवेत विजयी

by समतल अनलाइन

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप कप छनौंटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा कुवेतले नेपाललाईखाता नै खोल्न नदिई ० का बिरुद्ध ७ गोललले पराजित गर्न सफल भएको हो ।खेल अवधीभर खेल पूरै आफ्नो कब्जामा लिन सफल भएको कुवेतले पहिलो हाफमा २९० गोलका अग्रता बनाएको कुवेतले दास्रो हाफमा ५ गोल थप्दा नेपाली खेलाडीहरु हतोत्साही बनेका थिए । नेपाली खेलाडीलाई निकै दबाबमा राख्दै कुवेतले खेलको छैटौं मिनेटमै खाता खोल्यो ।

जसमा कुवेतका युसुफ अल सलमानले पहिलो गोल गरेका थिए भने १३ औं मिनेटमा फाहाद अल हाजेरीले अर्को गोल गरेका थिए । त्यसैगरी खेलको ५० औं मिनेटमा सलमानले अर्को गोल थपे । त्यसको नौं मिनेटपछि अब्दुल्लाह मावीले कुवेतको तर्फबाट अर्को गोल गरेका थिए । यो खेलसँगै कुवेतले ४९० को अग्रता बनायो ।त्यस्तै ६७ औं मिनेटमा बदर अल मतवाले पाँचौ तथा इन्ज्यूरी समयमा रेदा हानी र हुसेन अल मोसावीले थप एक एक गोल गरेपछि नेपाल ७९० गोल गरेर कुवेतले नेपाल बिरुद्ध कमााल नै गर्न सफल भएको छ ।

 
 
  
 

You may also like