लायन्स लियो बुटवल सेन्ट्रलद्धारा बृद्धाश्रममा सहयोग हस्तान्तरण

बुटवल । लायन्स क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलद्धारा संयुक्त रुपमा बुटवल उपमहानगरपालिका वडा नं २ स्थीत श्री सिद्धबाबा दर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रममा खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ । क्लबको सामाजिक उत्तरदायित्तव अन्तरगतको कार्यक्रममा बृद्धाश्रममा रहेका ८ जाना बृद्धबृद्धाहरुलाई फलफुल, तरकारी , र खाद्यन्न सहयोग गरेको क्लबका सचिव विशाल पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स क्लबका अध्यक्ष निरज केसी, ३२५ वि २ का एरीयाका कोषाध्यक्ष कुष्ण पांडेल, लायन्सका सचिव सागरमाणी पोखरेल, लायन्सका कोषाध्यक्ष सुरेश ज्ञवाली र सहसचिव उत्तम अर्याल साथै लियो क्लबका निवर्तमान अध्यक्ष बुद्धि कुवरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि निरज के.सी ले मानवाता नै सबैभन्दा ठुलो धर्म भएको बताउदै सबैले आफ्ना अभिवावकहरुलाई माया सद्भाव र स्नेह प्रदान गर्ने हो भने कसैलाईपनि बुद्धाश्रममा जान नपर्ने भन्दै त्यस बृद्धाश्रममा रहेकाहरुलाई समान्न व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी एरीया ३२५ वि २ का कोषाध्यक्ष पौडेलले त्यहा भएका बृद्धबृद्धाहरुले पनि आफ्नो जिवनकालमा हरेका माध्यमबाट राज्यलाई योगदान गरेको बताउदै क्लबहरुका यस्ता सहयोग र सदभावहरुले आत्मीयता र बृद्धबृद्धाहरुलाई खुसी साथ बाच्ने प्ररेणा मिल्ने बताउनु भयो ।

साथै लायो क्लबका निर्बतमान अध्यक्ष बुद्धि कुँवरले क्लबले आयोजना गरेको कार्यको प्रशसां गर्दै यस्तै कार्यक्रकहरु निरन्तर दिनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रमका अध्यक्ष हिमाल खनालले कोविड १९ को महामारीबाट देश लामो समय देखि बन्दाबन्दीमा गएको र हरेक क्षेत्रमा यसले प्रभाव पारेको हुँदा मानवतालाई केन्द्रबिन्दुमा राखि आश्रममा खाद्यन्नको अभाव नहोस भनि उक्त कार्यक्रम आयोजना गरीएको बताउनुभएको थियो ।

उक्त कार्यक्रमको अवसर पारि क्लबकि सक्रिय सदस्य अस्मिता सापकोटाको जन्मउत्सव समेत मनाएको थियो ।
क्लबले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदि समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

 
 
  
 

You may also like