अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं ।६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४९ हजार ४३८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ३९ हजार ६८५ पुगेको छ ।
मंगलबार बिहानसम्म १ लाख ३२ हजार ९५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३४९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १३ लाख १० हजार ६५१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ९६ हजार ८४ जनामध्ये १६ हजार जनाको अवस्था गम्भीर रहेको छ ।

 
 
  
 

You may also like