हिजाे र आजसम्मकाे तिमी निजामती

  • अमुता पन्थी

हिजाे र अाजसम्मकाे तिमी निजामती,
यस्तै हुनेहाे भने भाेलि हुनेछ तिम्राे कुन गति।
जनादेश पाएका नीति निर्माताकाे बिग्रेपछि मति,
शक्तिकाे अाडमा अझै के के हाेला अाउने मिति।

कतै नभएकाे जात्रा हुन्छ अरे हाँडि गाउँमा,
हाे तिमी पनि अाईपुगेछाै त्यस्तै ठाँउमा।
घटाउन नमिल्ने नियुक्ति हुदाकाे सेवा र सुविधा,
बढाउनुकाे सट्टा बन्देज लगाउदै छन अरे ठाउँठाउँमा।

सुधार्नुपर्ने कर्मचारीतन्त्र अझ भत्काउन पाे लागेछन्,
कर्मचारीकाे मनाेवल बढाउनुकाे सट्टा गिराउन थालेछन्।
दुरदर्शिता नसाेचि ऐनकाे मस्यौदा हचुवाका भरमै बनाएछन्,
कुनै देशकाे शासन त्याे देशकाे प्रशासन भन्दा राम्राे हुदैन भन्ने भुसुक्कै बिर्सिएछन्।

कर्मचारीतन्त्रमा पनि सुधार त पक्कै गर्नुपर्छ,
पद र पावर भन्दा कामलाई महत्व दिनुपर्छ।
वृद्धिबिकास र सेवासुविधाका अवसर सन्तुलित तुल्याउनुपर्छ,
सुधारकाे सुरूवात अाफैबाट गर्ने साेचकाे बिकास गर्नैपर्छ।

 
 
  
 

You may also like