डा. भट्टराईको देश भक्ति गीत बजारमा ( भिडियो )

इज्जत कँडेल
बुटवल। एउटा देशभक्ति भावनाले ओतप्रोत गीत अतिनै कर्णप्रिय स्वरमा बजारमा आएको छ । पेसाले चिकित्सक ड़ा बिष्णु मुर्ति भट्टराई को राष्ट्रिय भाव भरिएका शब्दमा अतिनै मेहनती संगीतकार पेसाले नेपाल प्रहरी दिपकराज बिस्वकर्मा को लय भरिएको छ भने शब्द र लयलाइ सुमधुर बनाएको छ सुमधुर स्वरका धनि गायक राज सिग्देल को आवाजले आज युवामा देश प्रतिको माया र देश को लागि के सम्म गर्न सक्छौ भन्ने कुरा को कल्पना गरिएको यस गीतले युवामा उर्जा थप्ने र देश को लागि निस्वार्थ भै काम गर्ने र परि आएको खण्डमा देश को लागि ज्यान कै बाजी राख्न सक्ने सम्म को कुरा गरिएको छ । देश प्रतिको माया, आस्था र बिस्वासलाइ मिठो तरिकाले गीतमा वर्णन गरिएको छ ।

स्वीट म्युजिक क्रियशनको अफिसियल युटूब च्यानल बाट रिलिज गरिएको यस गीत ले श्रोता दर्शक को मन जित्ने र देश प्रति को कर्तब्यबोध गराउनु को साथै युवा वर्गमा देशभक्ति को लागि उत्प्रेरणा थप्ने विश्वास लिइएको छ । यस गीतका स्रष्टाहरूसंग कुरा गर्दा रचनाकार डा। विष्णु मुर्ती भट्टराई , संगीतकार दीपक बिश्वकर्मा अनि गाएक राज सिग्देल निकै नै उत्साहित र आशाबादी रहेको पाइयो । यो गीत को सफलता को लागि शुभकामना छ सम्पूर्ण टिमलाई।

भिडियो:

 
 
  
 

You may also like