मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ९ को भित्री बाटोमा मोटरसाईलको ठक्करबाट घाइैते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १७ प ३१७५ नम्बरको मोटरसाईकलले साईकलमा यात्रा गरिरहेका स्थानीय ६५ वर्षिय दिलमान राईलाई ठक्कर दिदा उनी घाईते भएका थिए । घाईते राईको उपचारको क्रममा क्रिमसन अस्पतालमामृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ८ बजेको समयमा भएको दुर्घटनाबाट घाईते भएका राईलाई अस्पताल पु¥याए लगत्तै अस्पतालले मृत्यु भएको बताएको थियो ।

 
 
  
 

You may also like