रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही पद हस्तान्तरण

बुटवल। रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।वर्ष २०१९÷२०२० का अध्यक्ष कृष्ण शर्माले वर्ष २०२०÷२०२१ का अध्यक्ष गोपाल ज्ञवालीलाई पद हस्तान्तरण गरेका हुन । मंगलबार एक कार्यक्रमको बिच रोटरी क्लब अफ ईन्टरनेशनल वर्ष २०१९÷२०२० जोन १८ का एजी राजेन्द्र ढकाल र वर्ष २०२०÷२०२१ का जोन १८ का एजी हरि पौडेलले नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुलाएका थिए ।

कार्यक्रममा वर्ष २०१९÷२०२० का सचिव विष्णु भण्डारीले वर्ष २०२०÷२०२१ का सचिव दिपक भट्टराईलाई माईन्युड हस्तान्तरण गरेका थिए । वर्ष २०१९÷२०२० का अध्यक्ष कृष्ण शर्माले रोटरीको उद्येश्य अनुसार अगाडी बढेको बताए । रोटरी फण्डमा यस क्षेत्रका विभिन्न परियोजना समेत राखेको भन्दै उनले आगामी वर्षहरुमा धेरै कामहरु हुनेमा आशाबादी रहेको बताए । कार्यक्रममा वर्ष २०२०÷२०२१ का एजी हरि पौडेलले पेशा ब्यवसायसंगै सामाजिक कायमा हातेमालो गर्ने काम रोटरीबाट भैरहेको बताए । विश्वबाट पोलियो उन्मुलनको महान अभियान थालेको रोटरीले नेपालमा पनि शिक्षा, स्वस्थ्य, खानेपानी र विकासमा धेरै काममा सहयोग गरेको बताए ।

वर्ष २०२०÷२०२१ का अध्यक्ष गोपाल ज्ञवालीले समाजमा थोरै भएपनि फरक प्रकृतिको सामाजिक हितका कामलाई जोड्ने प्रतिबद्धता जनाए । कोरोना भाईरसको प्रतिकुल अवस्थामा आफनो कार्यकाल शुरु भएको भन्दै उनले खेलकुदमार्फत युवालाई जोड्ने गरि कार्यक्रम गर्ने समेत बताए ।

ब्ततबअजmभलतक बचभब

 
 
  
 

You may also like